काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गर्दै आएको वार्षिक चियापान कार्यक्रम नगर्ने भएको छ। देश प्राकृतिक विपत्तिका कारण शोकमा रहेकाले कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ।

कांग्रेसले भोटेकोशीमा आएको बाढीका कारण एक हजार चार सयभन्दा बढीको मृत्यु भएको र पाँच हजारभन्दा बढी बेपत्ता रहेको अवस्थालाई मध्यनजर गर्दै यस वर्ष चियापान आयोजना नगर्ने निर्णय गरेको हो।

ADVERTISEMENT

बूढीगण्डकीमा आएको बाढीले पनि थप जनधनको क्षति पुर्‍याएको कांग्रेसले उल्लेख गरेको छ। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले कात्तिक १ गते विज्ञप्ति जारी गर्दै दुःखद परिस्थितिका कारण यस वर्षको चियापान कार्यक्रम आयोजना नगरिने जानकारी दिएका थिए।

ADVERTISEMENT

कांग्रेसले संस्थापक नेता बीपी कोइरालाको पालादेखि कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो। बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएपछि २०३४ सालको कोजाग्रत पूर्णिमामा पहिलोपटक चियापान समारोह आयोजना गरिएको थियो।

त्यसयता कांग्रेसले हरेक वर्ष यो परम्परालाई निरन्तरता दिँदै आएको थियो।