रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण एनएमबि बैंकको टिमुरे शाखामा कार्यरत चार कर्मचारी सम्पर्कविहीन भएका छन्।बैंकका अनुसार धर्मराज रिमाल, नवीन गौतम, सुभाष रावल र अर्जुन पण्डित बाढीपछि सम्पर्कविहीन भएका हुन्।
बैंकले उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको जनाएको छ। साथै, उनीहरूलाई कसैले देखेको, भेटेको वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेमा तत्काल बैंकलाई जानकारी गराउन आग्रह गरेको छ।
जानकारी प्राप्त भएमा एनएमबि बैंक लिमिटेडका ९८४९३८०८१८, ९८१८५००२१६ वा ०१–५९७०१५० मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।




