भरतपुर,  नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा फेरि पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा आज साँझ करिब ७ः३० बजे माथिबाट लेदो तथा ढुंगामाटोसहितको पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिनुभयो।

पहिरो पन्छाउन आवश्यक मेसिन र प्राविधिक टोली घटनास्थल पठाइएको भए पनि सडक सुचारु हुन केही समय लाग्ने अनुमान गरिएको छ।

ADVERTISEMENT

दसैँका लागि घरतर्फ हिँडेका यात्रु बाटोमै रोकिएका छन्। यस्तै, सडक डिभिजन कार्यालय भरतपुरले यात्रुलाई लेन अनुशासन पालना गरी धैर्यपूर्वक पर्खन आग्रह गरेको छ।

ADVERTISEMENT

स्थानीयवासीका अनुसार यो स्थानमा बारम्बार पहिरो खस्दा यात्रु र सवारी चालकले निरन्तर सास्ती भोग्दै आएका छन्।

ADVERTISEMENT