काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति, वरिष्ठ अर्थशास्त्री तथा विकास विज्ञ प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
पार्टी अध्यक्ष कुलमान घिसिङले उनलाई खादा ओढाएर पार्टीमा स्वागत गरेका हुन्। शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्वलाई थप अनुभवी र प्राज्ञिक बनाउने उज्यालो नेपाल पार्टीको विश्वास छ।
उनको आबद्धताले पार्टीको नीति निर्माण तथा राष्ट्र निर्माणको अभियानलाई थप सशक्त बनाउने पार्टीले जनाएको छ।












