काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको केन्द्रीय सचिवालय गठन भएको छ । सचिवालयमा प्राध्यापकदेखि राजनीतिक कार्यकर्तासम्म समेटिएको छ।

पार्टीको विधानअनुसार १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था भए पनि हाल नौजनाको मात्र चयन गरिएको छ। विधानमा अध्यक्ष, वरिष्ठ नेता, एक महिलासहित दुई उपाध्यक्ष, महासचिव, एक महिलासहित दुई उपमहासचिव, तीन महिलासहित सात सचिव र एक कोषाध्यक्ष रहने प्रावधान छ।

ADVERTISEMENT

अध्यक्षमा घिसिङ र वरिष्ठ नेतामा अनुपकुमार उपाध्याय चयन भएका छन् । उपाध्यक्षको जिम्मेवारी महेन्द्र लावतीलाई दिइएको छ। महासचिवमा धर्मबहादुर चौधरी नियुक्त भएका छन्।

सचिवहरूमा रामेश्वर श्रेष्ठ, सुमी मोक्तान, जितराम लामा र केदार खड्का छन्। कोषाध्यक्षमा भगवती कक्षपति र प्रवक्ता श्री गुरुङ तोकिउका छन् । सचिवालय सदस्यमा राजेन्द्र अवस्थी र मुख्य सचिवमा डा. राजु थापालाई राखिएको छ।

ADVERTISEMENT

उज्यालो नेपाल अभियानमार्फत पार्टी स्थापना गर्दा केन्द्रीय सदस्यमा रहेका लाक्पा फुटी शेर्पा, विजय कँडेल, तुलसा वाइबा, रोशनी लामा, ज्ञानेन्द्रकुमार तामाङ, सीतादेवी पाण्डे, सोमप्रसाद चौधरी, धनबहादुर मिक्चन, डम्बर लावती र प्रदीपकुमार चौधरी सचिवालयमा समावेश हुन सकेनन् । महेन्द्रकुमार थापा, अग्निमाया मेचे, मनोज लुहार, देवकी पौडेल, बालिका चौधरी, भीमबहादुर कुमाल, राजाराम तन्डुकारलगायत पनि चयनमा परेनन्।