मन्थली(रामेछाप )।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सरकारले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता दोहोर्‍याएका छन्। उनले निर्वाचनका लागि आवश्यक तयारी तीव्र रूपमा अघि बढिरहेको पनि स्पष्ट पारे।

मन्थलीमा आयोजित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला तथा कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री घिसिङले एक महिना अघि सुरु गरिएको ‘उज्यालो नेपाल अभियान’ अहिले पार्टीको रूपमा संगठित भई देशव्यापी विस्तार भइरहेको बताए। उनका अनुसार नयाँ राजनीतिक शक्तिले पुराना दलहरूसँग प्रतिस्पर्धा गर्दै बहुमतसहित सरकार गठन गर्ने लक्ष्य लिएको छ।

ADVERTISEMENT

“सत्तरी–असी वर्षदेखि राजनीतिको मूलधारमा रहेका दलहरूलाई पराजित गर्दै सरकार बनाउने साहस उज्यालो नेपाल पार्टीले देखाएको छ,” उनले भने।

जेन–जी आन्दोलनपछि गठित सरकारमा सहभागी भएपछि आफूले विगतका मन्त्रीहरूको शैलीभन्दा फरक ढंगले काम गरिरहेको दाबी गर्दै घिसिङले पारदर्शिता, परिणाममुखी काम र जनउत्तरदायित्वलाई प्राथमिकतामा राखिएको बताए।

ADVERTISEMENT

कार्यक्रममा सहभागी स्थानीय नेता तथा कार्यकर्ताहरूले नयाँ राजनीतिक विकल्पप्रति जनआकर्षण बढ्दै गएको प्रतिक्रिया दिएका थिए।