काठमाडौं । उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न माग गर्दै हस्ताक्षर अभियान सुरू गरेको छ ।

डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल उठाउन र सरकारले विद्युतमा लगाएको कर खारेज गर्न मागसहित हस्ताक्षर अभियान थालिएको हो । माइतीघरबाट अभियान सुरु गर्दै उनेपा अध्यक्ष कुलमान घिसिङले विद्युत र इन्डक्सनलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै कर लगाइएको खारेजीको माग गरे ।

इन्डक्सन र चार्जिङ स्टेसनले ट्रान्सफर्मर/लाइन पड्किन्छ भनी प्रधानमन्त्रीबाट भ्रम फैलाइएको भन्दै उनले आपत्तिसमेत जनाए । नेपालमा विद्युतीय सवारी व्यापक बढाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा, ७०-८० प्रतिशतसम्म भन्सार र कर बढाएर पुनः पेट्रोल-डिजेल र ग्यास आयातलाई नै बढावा दिने गलत नीति लिएको उनको टिप्पणी छ ।

ADVERTISEMENT

राइड सेयरिङ र २०-३० हजार कमाउने साधारण श्रमिकहरूमाथि करको भार थोपरिएको भन्दै उनले विरोध जनाए । हस्ताक्षर अभियानको थालनीमा सीके राउत, ऋषि धमलालगायत पुगेका थिए ।

ADVERTISEMENT