काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था सहज र नियमित बनाउन ग्यास उद्योगहरूलाई पूर्ण क्षमतामा आयात तथा बिक्री वितरण सञ्चालन गर्न निर्देशन दिएको छ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले सबै एलपी ग्यास उद्योगलाई पत्राचार गर्दै बजारमा ग्यासको उपलब्धता सुनिश्चित गर्न विभिन्न निर्देशन दिएको हो।

निगमले बजारको मागअनुसार ग्यासको आयात अधिकतम रूपमा बढाउन, उद्योगको भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गरी ग्यासको मौज्दात राख्न तथा भन्सारमा रहेका ग्यास बुलेटहरू समयमै छुटाएर आपूर्ति प्रणालीमा ल्याउन आग्रह गरेको छ।

ADVERTISEMENT

ग्यासको आपूर्ति प्रणालीलाई थप सहज, नियमित र प्रभावकारी बनाउन उद्योगहरूले आयातदेखि बिक्री वितरणसम्मका गतिविधि पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने निगमको भनाइ छ।

ADVERTISEMENT

निगमको निर्देशनसँगै ग्यास उद्योगहरूले बजारको मागअनुसार आपूर्ति व्यवस्थापनमा सक्रियता बढाउनुपर्ने देखिएको छ।