काठमाडौं । महालक्ष्मी विकास बैंकले झापाको मेचीनगरस्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा मुस्कान खातुनलाई ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्व. सीताराम प्रसाईको स्मृतिमा स्थापित ‘सीताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ खातुनलाई प्रदान गरेको हो।श्री सीताराम सामुदायिक अंग्रेजी विद्यालय, मेचीनगर–१४ मा अध्ययनरत खातुनलाई विद्यालयमा आयोजित कार्यक्रममा बैंकका शाखा प्रबन्धकले प्रधानाध्यापकमातर्फबाट छात्रवृत्ति हस्तान्तरण गरेका थिए।

ADVERTISEMENT

सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पढाइमा सहयोग पुर्‍याउने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको बैंकले जनाएको छ।

ADVERTISEMENT

आर्थिक अभावका कारण विद्यार्थीले पढाइ छाड्नुपर्ने अवस्था न्यूनीकरण गर्न यस्तो कार्यक्रमले सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।