काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ ९००१ः २०१५ बाट पुनः प्रमाणित भएको छ ।

गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भएबमोजिम २०८१ साउन ३२ गतेदेखि लागू हुने गरी बैंक प्रमाणित भएको थियो । २०८२ भदौमा भएको पहिलो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणित हुन सफल भएको हो ।

ADVERTISEMENT

बैंकले प्रोभिजन अफ डेभलोपमेन्ट बैंकिङ एक्टिभिटिजअन्तर्गत प्रमाणपत्र प्राप्त गरेको र यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको थियो ।

ADVERTISEMENT

अन्तर्राष्ट्रिय मापदण् अनुरुपको बलियो गुणस्तर ब्यवस्थापन प्रणाली कायम गरेका साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टिलाई सुनिश्चित गर्नसक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर रुपमा सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन् । यो प्रमाण पत्र प्राप्तिका लागि बैंकको नीति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिटसमेत गरिएको थियो ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसात गर्दै ३१ वर्षदेखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर आठ लाखभन्दा बढी ग्राहक छन् ।

ADVERTISEMENT