काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री शाह केहीबेरअघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालका लागि प्रस्थान गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे तथा नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतले विमानस्थलमा बिदाइ गरेका थिए ।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार भारतको राजकीय भ्रमणमा गएका थिए ।
भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै विभिन्न सम्झौता, समझदारी र सहकार्यका विषयमा छलफल गरेका थिए ।












