काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन् ।
उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री शाह नेपाल आएका हुन् । उनी नेपाली प्रतिनिधिमण्डलको टोलीसहित हिजो भारत प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नुका साथै विभिन्न भेटघाट र समझदारीसम्बन्धी कार्यक्रममा सहभागिता जनाएका थिए ।
प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतले नयाँदिल्लीमा बिदाइ गरेका थिए ।












