काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने राजकीय भ्रमण सकेर आज साँझ स्वदेश फर्कंदै छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन आज मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहयोग र विभिन्न विकास परियोजनाबारे छलफल भएको थियो । वार्तापछि दुवै देशबीच विभिन्न सहयोग तथा परियोजनासम्बन्धी सम्झौता र शिलान्याससमेत भएको थियो ।
त्यसैगरी, दुवै देशका प्रधानमन्त्रीले नयाँदिल्लीस्थित हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलसहित आज साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।












