रुपन्देही । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको लुम्बिनी प्रदेश अधिवेशन आज दाङको भालुवाङमा सुरु हुँदैछ ।
अधिवेशनलाई सम्बोधन गर्न कांग्रेस नेता शेरबहादुर देउवा, डा. शशांक कोइराला, एनपी साउद, विमलेन्द्र निधिलगायतका नेताहरू दाङ जाने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सरोज थापा (रोज राणा) का अनुसार अधिवेशनले आजै नयाँ प्रदेश नेतृत्व चयन गर्नेछ ।
अधिवेशनका लागि पार्टीले खटाएको केन्द्रीय निर्वाचन टोलीसमेत भालुवाङ पुगिसकेको छ । नेताहरूले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने तयारी गरेका छन् ।
आज साँझसम्म नेतृत्व चयनको प्रक्रिया पूरा हुने जनाइएको छ ।












