काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक पदमबहादुर परियार महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
तनहुँ–१ मा दलित समानुपातिकतर्फ उम्मेदवारी दिएका परियार पराजित भएका हुन्। दलित समानुपातिकतर्फ परियारसहित अमृतबहादुर नेपाली, कृष्ण सुनार र रामकृष्ण विकले उम्मेदवारी दिएका थिए।
उनीहरूमध्ये अमृतबहादुर नेपाली महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। प्रमुख सचेतक परियारले महाधिवेशन प्रतिनिधिमा निर्वाचित नेपालीलाई बधाई दिएका छन्।






