काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत ललितपुरबाट २० र २२ वर्षीया दुई विद्यार्थी नेतृ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

नेपाल विद्यार्थी संघ (नेविसंघ) का जिल्ला सहसचिवद्वय २० वर्षीया रिजा थापा र २२ वर्षीया स्वस्तिका गौतम महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

ADVERTISEMENT

रिजा ललितपुर क्षेत्र नम्बर ३ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएकी हुन्। त्यस्तै, स्वस्तिका क्षेत्र नम्बर १ को युवा महिला कोटाबाट चुनावी प्रतिस्पर्धामार्फत निर्वाचित भएकी हुन्।

ADVERTISEMENT

क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनमा स्वस्तिकाले कुल ५३६ मतमध्ये ४०४ मत प्राप्त गरेकी छन्।