काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणबारे जानकारी गराउन परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस ब्रिफिङ गर्ने भएको छ ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार शुक्रबार बिहान ११ बजे सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको तेस्रो तलामा रहेको सभाहलमा ब्रिफिङ आयोजना हुनेछ ।

ADVERTISEMENT

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा तय भएका विभिन्न एजेन्डा तथा कार्यक्रमबारे विस्तृत जानकारी दिन ब्रिफिङ आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT

उक्त कार्यक्रममा उपस्थितिका लागि मन्त्रालयले सञ्चारकर्मी तथा सम्बन्धित सरोकारवालालाई अनुरोध गरेको छ ।