काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दुःखद रेल दुर्घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ। दुर्घटनामा परी मानिसहरूको ज्यान गएको खबरले नेपाल सरकार दुःखी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ। साथै दुर्घटनामा घाइते भएकाहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ।

ADVERTISEMENT

नेपाल सरकारले दुर्घटनाबाट प्रभावित स्पेन सरकार, स्पेनी जनता तथा पीडित परिवारजनप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

ADVERTISEMENT

दुर्घटनाबाट प्रभावित परिवार तथा समुदायप्रति नेपालले समवेदना प्रकट गर्दै यस दुःखद घडीमा स्पेनसँग ऐक्यबद्धता जनाएको हो।