काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को २०औँ अर्धशतक कर्णाली याक्सका हुसैन तलतले प्रहार गरेका छन् । उनले आइतबार चितवन राइनोजविरुद्ध ३३ बलमा अर्धशतक पूरा गरेका हुन् ।

यससँगै जारी एनपीएलमा हालसम्म २० अर्धशतक र एक शतक प्रहार भएका छन् ।

ADVERTISEMENT

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले समान दुई–दुई अर्धशतक प्रहार गरेका छन् ।

ADVERTISEMENT

त्यस्तै, विराटनगरका इमरान शेख, आन्द्रे रसेल र चरिथ असलंकाले पनि अर्धशतक बनाएका छन् । काठमाडौं गोर्खाजका डेभिड वार्नर, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली र शैफ हसनले पनि अर्धशतक प्रहार गरेका छन् ।

कर्णाली याक्सका कप्तान सोमपाल कामी र डेभिड मिलर, चितवन राइनोजका डेभिड मलान र रवि बोपरा तथा पोखरा एभेन्जर्सका कुशल भुर्तेल र युवराज सामराले पनि अर्धशतक बनाएका छन् ।

यस सिजनमा शतक प्रहार गर्ने एकमात्र खेलाडी पोखरा एभेन्जर्सका युवराज सामरा हुन् । उनले कर्णाली याक्सविरुद्ध ४५ बलमा शतक पूरा गरेका थिए ।