काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दैछ।

संसद् सचिवालयका अनुसार बैठक बिहान साढे ९ बजे पूर्वाधार विकास समितिको हलमा बस्नेछ।

ADVERTISEMENT

बैठकमा अर्थ मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयसँग विपद्पछिको उद्धार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाका कामको पछिल्लो प्रगतिबारे जानकारी लिइने कार्यसूची रहेको छ।

ADVERTISEMENT

विशेष गरी विपद्पछि सरकारले सञ्चालन गरेका उद्धार तथा राहत कार्यक्रम र प्रभावित क्षेत्रको पुनर्निर्माणको अवस्थाबारे सम्बन्धित मन्त्रालयसँग समितिले जानकारी लिनेछ।