काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम मुख्यतया सफा रहे पनि तराईका केही स्थानमा बिहान हुस्सु र कुहिरो लाग्नेछ ।

ADVERTISEMENT

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

ADVERTISEMENT

महाशाखाका अनुसार कर्णाली प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।