काठमाडौं । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका केही हिमाली तथा पहाडी क्षेत्रमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ। लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा पनि बदली रहेको छ भने अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बदली छ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

ADVERTISEMENT

हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ।

ADVERTISEMENT

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। देशका बाँकी हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

दिउँसो कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

ADVERTISEMENT

त्यस्तै, आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराईका भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति कर्णाली प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।