काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल प्रशासन सेवा, राजस्व समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका ८५ जना कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयले असोज २३ गतेको निर्णयअनुसार उपसचिव, निर्देशक, प्रमुख कर अधिकृत, प्रमुख भन्सार अधिकृत र प्रमुख अनुसन्धान अधिकृतहरूको सरुवा गरेको हो।
सरुवामा २७ जना उपसचिव, १७ जना निर्देशक, २४ जना प्रमुख कर अधिकृत, १३ जना प्रमुख भन्सार अधिकृत र चार जना प्रमुख अनुसन्धान अधिकृत रहेका छन्।
मन्त्रालयको निर्णयअनुसार विभिन्न पदमा कार्यरत कर्मचारीलाई नयाँ जिम्मेवारीमा खटाइएको हो।







