काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने भएको छ ।
बैठक बिहान १० बजे पार्टीको १५ औँ महाधिवेशन स्थल खुला मञ्चमा आयोजना गरिनेछ ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै उक्त बैठकमा पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेका छन् ।







