धनगढी । कैलालीमा चट्याङ लागेर जन्मदिन मनाइरहेका ७ जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा मंगलबार राति घरको छतमा जन्मदिन मनाइरहेका उनीहरू चट्याङको झिल्काले घाइते भएका हुन्।

प्रहरीका अनुसार स्थानीय खुशीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला राति करिब साढे ९ बजे घर नजिकै चट्याङ परेको थियो। त्यसक्रममा चट्याङको झिल्का लागेर ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया सृष्टि चौधरी, ५५ वर्षीया बागमती चौधरी, ७ वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी घाइते भएका छन्।

ADVERTISEMENT

घाइते सबैलाई घटनालगत्तै उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।

ADVERTISEMENT

प्रहरीका अनुसार घाइते सबैको अवस्था खतरामुक्त रहेको छ।