काठमाडौं । कैलालीस्थित कटेनी नदीमा बाढी आएको छ। रतनपुर जलमापन केन्द्रमा नदीको जलसतह सतर्कता तह पार गरी निरन्तर बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै अनावश्यक रूपमा नदी आसपास नजान र आवश्यक सावधानी अपनाउन पनि विभागले अनुरोध गरेको छ।
आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलामा बहाव बढ्न सक्ने र बाढीको जोखिम उच्च रहने विभागको चेतावनी छ। सम्बन्धित क्षेत्रका स्थानीयवासीलाई मौसमको अद्यावधिक जानकारी पछ्याउन र सतर्क रहन आग्रह गरिएको छ।




