काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ। उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू सहभागी हुने कांग्रेसले जनाएको छ।

कांग्रेसका अनुसार उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन्।

ADVERTISEMENT

त्यस्तै, श्रम संस्कृति पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत विभिन्न दलका नेताहरूले उद्घाटन समारोहमा सहभागिता जनाउने कांग्रेसले जनाएको छ।

ADVERTISEMENT

कांग्रेसले महाधिवेशन उद्घाटनका लागि पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई समेत निमन्त्रणा गरेको छ।

यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने कांग्रेस महाधिवेशनमा सहभागी नहुने भएका छन्। एमालेका तर्फबाट महासचिव शंकर पोखरेल उद्घाटन समारोहमा सहभागी हुनेछन्।

ADVERTISEMENT

कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक तथा आर्थिक दिशाबारे समेत महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।