काठमाडौं । योगा, ध्यान तथा साउण्ड हिलिन् जस्ता क्रियाकलाप गर्न बिहीबारदेखि सर्वसाधारणका लागि खुल्लामञ्च खुल्ला भएको छ ।
आज बिहान काठमाडौं महानगरपालिकाको कार्यवाहक मेयर सुनिता डंगोलको सहभागितामा खुल्लामञ्च खुल्ला गरिएको हो ।
प्रधानमन्त्री बालेन शाह काठमाडौँको मेयर हुँदा खुल्लामञ्चमा दुवो लगाउने, भौतिक संरचना व्यवस्थापन गर्ने काम गरिएको थियो । अहिले खुललमञ्च आकर्षित देखिएको छ ।








