काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढी तथा जलवायु संकटपछि नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय इच्छुक देखिएको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागिता जनाएर स्वदेश फर्किएका मन्त्री खनालले महासभाका क्रममा विभिन्न देशका प्रतिनिधि तथा कूटनीतिज्ञसँग भएका भेटवार्तामा नेपालको विपद्, पुनर्निर्माण र जलवायु संकटबारे गम्भीर चासो व्यक्त भएको बताएका हुन्।

ADVERTISEMENT

उनका अनुसार भेटवार्ताका क्रममा नेपालले भोगिरहेको जलवायुजन्य जोखिम तथा बाढीपहिरोबाट भएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइएको थियो। त्यसक्रममा नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा समेत सकारात्मक चासो देखिएको उनले बताए।

ADVERTISEMENT

मन्त्री खनालले नेपालको विपद् व्यवस्थापन, पुनर्निर्माण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उल्लेख गरे।

उनले महासभामा नेपालको पछिल्लो विपद् अवस्था, जलवायु न्याय तथा प्रभावित क्षेत्रको पुनर्निर्माणका विषयलाई प्राथमिकताका साथ उठाइएको बताए।

ADVERTISEMENT