काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँ तोकिएको हो । बुधबार सुन ३ लाख १ हजार ८०० मा कारोबार भएको थियो ।

यस्तै, चाँदी ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६२५ मा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६८५ रुपैयाँ थियो ।

ADVERTISEMENT