काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, ग्यासको अभाव र कालोबजारीविरुद्ध देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

संगठनका केन्द्रीय अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाद्वारा जारी परिपत्र अनुसार, जनजीविकाका सवाललाई लिएर तत्काल सडक संघर्षमा उत्रिन मातहतका सम्पूर्ण प्रदेश, जिल्ला, विश्वविद्यालय, क्याम्पस तथा पालिका कमिटीहरूलाई निर्देशन दिइएको हो।

ADVERTISEMENT

परिपत्रमा ग्यासको अभाव, कालोबजारी तथा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुहरूको बढ्दो महँगीले गर्दा आम जनताको दैनिक जीवन अत्यन्तै कष्टकर बन्दै गएको उल्लेख गरिएको छ।

ADVERTISEMENT

विपन्न परिवारको चुलो बल्न कठिन भएको, सुत्केरी आमाहरूले पेटभरि खान नपाउने अवस्था सिर्जना भएको र विद्यार्थीहरू पढ्न विद्यालय जानुको सट्टा ग्यासको लाइनमा बस्नुपर्ने बाध्यता बनेको भन्दै संगठनले सरकारको ध्यानाकर्षण गराएको छ।

त्यसैगरी, सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारी नीतिका कारण सरकारी अस्पतालहरूको स्वास्थ्य सेवा प्रभावित भएको र सर्वसाधारण नागरिक उपचारबाट वञ्चित हुनुपरेको भन्दै सो व्यवस्थाको तत्काल अन्त्य गर्न माग गरिएको छ।

ADVERTISEMENT

जनताको शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा र बाँच्न पाउने अधिकारप्रति सरकारलाई जवाफदेही बनाउनका लागि विरोध प्रदर्शन, ज्ञापनपत्र, धर्ना तथा घेराउ लगायतका दबाबमूलक कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न मातहतका कमिटीलाई निर्देशन दिइएको छ।

800594011_1009520385433252_6535703255239277140_n