काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। सहयोग रकममध्ये बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत ५० लाख रुपैयाँ तथा कर्मचारीहरूको तर्फबाट २० लाख रुपैयाँ योगदान गरिएको हो।

ADVERTISEMENT

उक्त रकम बराबरको चेक सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।

ADVERTISEMENT

बैंकले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण सयौं नागरिकले ज्यान गुमाएको, धेरै व्यक्ति अझै सम्पर्कविहीन रहेको तथा ठूलो संख्यामा परिवार विस्थापित भएको उल्लेख गर्दै विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।