काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बिहीबार बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले बैंकको यो गौरवपूर्ण यात्रामा साथ दिने सम्पूर्ण सरोकारवाला ब्यक्ति र निकायलाई धन्यवाद ज्ञापन गरे ।
उनले आगामी दिनमा सांग्रिला डेभलपमेन्ट बैंक अझ बलियो भएर अघि बढ्ने विश्वास व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अहिलेसम्मको यात्रामा साथ दिने सबै सञ्चालक समितिका पदाधिकारी, कर्मचारी, ग्राहक, नियमनकारी निकाय तथा सेयरधनीलाई धन्यवाद दिए ।
उनले यो लामो सम्बन्धलाई अझ उत्कृष्ट आधुनिक र स्मार्ट सेवाका साथ आगामी दिनमा अझ प्रगाढ र सुमधुर बनाउँदै लैजाने प्रतिवद्धता गरे ।








