काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको तेस्रो सांग्रिला क्विज २०८३ सम्पन्न भएको छ । क्विजको फाइनल चरण अर्थात् ‘कन्ट्री राउन्ड’ मा सहभागी १० टोलीमध्ये दाङ सब क्लस्टरका पिताम्बर बाँस्तोला र बालिका पाण्डे विजेता तथा इटहरी क्लस्टरका विष्णुबहादुर खड्का र विपुल नेपाल उपविजेता भएका छन् ।

प्रतियोगिताको विजेताले जनही ६० हजार तथा उपविजेताले जनही ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । ‘कन्ट्री राउन्ड’ मा ‘क्लस्टर राउन्ड’ बाट छनोट भएका १० वटा क्लस्टर तथा सवक्लस्टरका दुई–दुईजना गरी २० जनाले प्रतिस्पर्धा गरेका थिए ।

ADVERTISEMENT

कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकमा लामो समय सेवा गरेका तथा विभिन्न तालिममा प्रशिक्षकको भूमिका निर्वाह गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।

सांग्रिला क्विजका विजेता, उपविजेता, प्रतिस्पर्धी तथा सम्मानित व्यक्तित्वहरूलाई सांग्रिला डेभलपमेन्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारी, प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी, प्रमुख कर्जा अधिकृत रजित मास्के र रिकभरी तथा एनपीएल व्यवस्थापन इकाइ प्रमुख जयन्द्रबहादुर खड्काले पुरस्कार तथा मायाको चिनो प्रदान गरेका थिए । सांग्रिला डेभलपमेन्ट बैंकले मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।