काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार तथा राहत कार्यबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘ब्रिफिङ’ लिएका छन्।

लामिछानेले बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रास्वपाका विभिन्न तह र निकायबाट भइरहेका गतिविधिबारे जानकारी लिएका हुन्। त्यसक्रममा उनले राहत तथा उद्धारका कामलाई थप प्रभावकारी बनाउन पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्‍याउन पार्टीको उपलब्ध संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि लामिछानेले निर्देशन दिएको खरेलले बताए।

ADVERTISEMENT

भोटेकोशी क्षेत्रमा बाढीका कारण प्रभावित तथा जोखिममा रहेका नागरिकको खोजी, उद्धार र राहतलाई प्राथमिकतामा राख्दै सक्रिय रूपमा परिचालित हुन लामिछानेले पार्टीका सबै तहलाई आग्रह गरेका छन्।

ADVERTISEMENT