काठमाडौं — भोटेकोशीमा आएको बाढीका कारण १२ वटा जलविद्युत् गृह प्रभावित भएका छन्। बाढीका कारण विद्युत् आयोजनामा क्षति पुग्नुका साथै उत्पादित विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको छ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार ६ वटा जलविद्युत् गृह र एउटा सोलार गृहमा प्रत्यक्ष क्षति पुगेको छ। अन्य आयोजनाबाट उत्पादित विद्युत् भने बाढीका कारण राष्ट्रिय प्रणालीबाट विच्छेद भएको हो।
प्राधिकरणका अनुसार ११ वटा जलविद्युत् गृह र एउटा सोलार गृह प्रभावित हुँदा कुल ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको छ।
बाढीले राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पुर्याएको छ। प्रसारण संरचनामा क्षति पुगेपछि प्रभावित आयोजनाबाट विद्युत् उत्पादन भए पनि राष्ट्रिय प्रणालीमा जोड्न समस्या भएको प्राधिकरणले जनाएको छ।
भोटेकोशीमा आएको बाढीका कारण जलविद्युत् आयोजनाका संरचनासँगै प्रसारण प्रणालीमा समेत क्षति पुगेकाले विद्युत् क्षेत्रमा ठूलो असर परेको छ।
प्रत्यक्ष क्षति पुगेका आयोजनाहरू:
रसुवागढी — १११ मेगावाट
सलासुङ्गी (सान्जेन) — ७८ मेगावाट
अपर साञ्जेन — १४.८ मेगावाट
सान्जेन — ४२.५ मेगावाट
चिलिमे — २२ मेगावाट
लाङटाङ — २० मेगावाट
अपर त्रिशूली थ्री ए — ६० मेगावाट
अपर मैलुङ — १४.८ मेगावाट
मैलुङ — ५ मेगावाट
त्रिशूली — २४ मेगावाट
देवीघाट — १४ मेगावाट
सोलार प्रणाली — २५ मेगावाट






