काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण फेरि स्थगित भएको छ। सेप्टेम्बर दोस्रो साता हुने भनिएको भ्रमण पनि तत्कालका लागि नहुने भएको हो।

उच्च स्रोतका अनुसार अब लामिछानेको सट्टा रास्वपाका सांसदहरूको टोली मात्रै चीन जाने तयारी छ। लामिछानेले भने अर्को उपयुक्त समयमा चीन भ्रमण गर्ने बताइएको छ, तर नयाँ मिति तय भइसकेको छैन।

ADVERTISEMENT

यसअघि अगस्ट दोस्रो साता हुने भनिएको लामिछानेको चीन भ्रमण एक महिना सारिएको थियो। भारत भ्रमणपछि चीन जाने तयारी भए पनि पछिल्लो निर्णयसँगै उनको चीन भ्रमण अनिश्चित बनेको छ।

ADVERTISEMENT

यता रास्वपाका उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले भने छिट्टै भारत भ्रमणमा जाने तयारीमा छन्। भ्रमणका क्रममा उनले भारतीय उच्च तहका अधिकारीहरूसँग भेटवार्ता गर्ने बताइएको छ।