काठमाडाैं । सुदूरपश्चिम रोयल्सले न्युजिल्यान्डका बलर स्कट कुगेलेइनलाई नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पनि निरन्तरता दिने भएको छ।

सुदूरपश्चिमले यसअघि इंग्ल्यान्डका सेफ जैबलाई अनुबन्ध गरिसकेको हाे । कुगेलेइनलाई दोस्रो विदेशी खेलाडीका रूपमा भित्र्याएको छ । कुगेलेइनले एनपीएलको अघिल्ला दुई सिजनमा पनि सुदूरपश्चिमबाटै खेलेका थिए । उनले पहिलो सिजनमा १७ र दोस्रो सिजनमा १० विकेट लिएका थिए ।

कुगेलेइनले सुदूरपश्चिममा फर्किन पाउँदा उत्साहित रहेको बताएका छन् । सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले कुगेलेइनबाट यसअघिकै जस्तो प्रदर्शनको अपेक्षा गरेको बताएका हुन् । तेस्रो संस्करणका लागि सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई कायम राखेको छ ।

ADVERTISEMENT

त्यसैगरी टोलीले अक्सनबाट दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई अनुबन्ध गरेको हाे।

ADVERTISEMENT