काठमाडौं । बङ्गलादेशका अलराउन्डर मेहदी हसन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले बुधबार हसनलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो।

पोखराले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै हसनलाई टोलीमा स्वागत गरेको छ। क्लबका अनुसार उनी आईसीसीको टी–२० अन्तर्राष्ट्रिय बलिङ बरियतामा आठौँ स्थानमा रहेका खेलाडी हुन्।

ADVERTISEMENT

३१ वर्षीय हसनले हालसम्म बङ्गलादेशबाट ७८ टी–२० अन्तर्राष्ट्रिय र १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले टी–२० अन्तर्राष्ट्रियमा ७८ र एकदिवसीयमा १५ विकेट लिएका छन्।

ADVERTISEMENT

हसनले बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा विभिन्न छ टोलीबाट खेलिसकेका छन्। एनपीएलमा उनको सहभागिता पहिलो विदेशी लिग अनुभव हुने जनाइएको छ।

पोखरा एभेन्जर्सले यसअघि बङ्गलादेशका पूर्वकप्तान शाकिब अल हसनलाई पनि तेस्रो संस्करणका लागि अनुबन्ध गरिसकेको छ। एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौंमा आयोजना हुँदैछ।