काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को लिस्ट ए टी–२० मान्यता पाउने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार विज्ञप्ति जारी गर्दै एनपीएलका सबै खेलले उक्त मान्यता पाउने जानकारी दिएको हो।

ADVERTISEMENT

क्यानका अनुसार यस मान्यताले नेपाली क्रिकेटको व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धि गर्न सहयोग पुग्नेछ।

ADVERTISEMENT

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ। आईसीसीको मान्यताले प्रतियोगिताको प्रतिष्ठा र नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय उपस्थितिलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।