गोरखा । बडादसैँको टीका लगाएपछि गोरखाको अजिरकोट गाउँपालिका–सिरानडाँडाका स्थानीय परम्परागत रोटे पिङमा रमाएका छन्। दसैँको उल्लाससँगै पिङ खेल्न स्थानीय र आसपासका गाउँबाट समेत मानिसहरूको घुइँचो लागेको छ।

दसैँमा परिवार र आफन्तसँग टीका तथा आशीर्वाद साटासाट गरेपछि पिङ खेलेर रमाइलो गर्ने परम्परालाई सिरानडाँडावासीले निरन्तरता दिएका हुन्। दसैँको बिदामा गाउँ फर्किएकाहरूको सहभागिताले गाउँमा चहलपहलसमेत बढाएको छ।

ADVERTISEMENT

परम्परागत रोटे पिङले दसैँको खुसी थप्नुका साथै नेपाली संस्कृति, आपसी सद्भाव र सामुदायिक एकतालाई जीवन्त बनाएको छ।

ADVERTISEMENT