काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनअन्तर्गत जिल्लामा खटाइएका निर्वाचन अधिकृतहरूलाई मंगलबार प्रशिक्षण दिने भएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार प्रशिक्षण कार्यक्रम मंगलबार दिउँसो २ बजे सानेपामा आयोजना हुनेछ। कार्यक्रममा कांग्रेस सभापति गगन थापा पनि सहभागी हुने जनाइएको छ।
निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार महाधिवेशनका क्रममा निर्वाचन प्रक्रिया व्यवस्थित र प्रभावकारी बनाउन निर्वाचन अधिकृतहरूलाई आवश्यक विषयमा प्रशिक्षण दिइनेछ।
कांग्रेस केन्द्रीय कार्यसमितिले आगामी १६ देखि १९ असोजसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। महाधिवेशनको तयारीसँगै निर्वाचन समितिले जिल्लास्तरमा खटिने निर्वाचन अधिकृतलाई प्रशिक्षण दिन लागेको हो।




