काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला इतर समूहले साउन २९ गते आयोजना गरेको भेलाको उदघाटन समारोहमा सहभागी हुने भएका छन् ।
त्यो कुनै पार्टी विभाजन गर्ने भेला नभएकाले उक्त भेलामा सहभागी भएर कोइरालाले पार्टी एकताकै लागि आह्वान गर्ने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।
इतर समूहले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्दैछ । भेलाले उस्तै परे नयाँ दल घोषणा गर्न सक्ने बताइएको छ । कांग्रेस संस्थापनले एकताका लागि संवाद नै नचाहेकाले सँगै बस्न नसकिने निर्णयमा शेरबहादुर देउवा समूहका नेताहरू पुगेका छन् ।
देउवा समूहले डा.शशांक कोइरालालाई संयोजक तोकेर राष्ट्रिय भेला आयोजना गरेको छ । नयाँ पार्टी गठनका लागि विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, मोहनबहादुर बस्नेत, प्रकाशमान सिंह, मिन विश्वकर्मा, प्रकाशशरण महत, एनपी साउदलगायतका नेताहरू तम्तयार भएर बसेका छन् ।





