काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्दै छ । पार्टीका अनुसार बैठक दिउँसो १ बजेदेखि ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्दै छ ।

बैठकले पार्टीको १५औँ महाधिवेशनसहित समसामयिक विषयमा छलफल गर्ने बताइएको छ । नेताहरूका अनुसार बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गरी सार्वजनिक गर्ने भएको छ । कांग्रेसले भदौ २ गतेदेखि वडा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

तर सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा निस्सा दिएर सुरुदेखि नै सुनुवाइ गर्न निस्सा दिएपछि महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएको छ ।

ADVERTISEMENT

अदालतको आदेशपछि शेरबहादुर देउवा पक्ष उत्साहित देखिएको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षले निरन्तरता नपाउने र देउवा नै पुन: सभापति बन्ने भन्दै इतर पक्ष फैललाको पर्खाइमा छ । तर वर्तमान संस्थापन पक्ष भने अदालतले मुद्दाको सुरुवातदेखि कतै त्रुटि भएको छ वा छैन मात्र हेर्ने भएकाले कुनै द्विविधामा नपर्न आग्रह गरेको छ ।

ADVERTISEMENT