काठमाडौं । काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय ११५ दिनपछि बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित पुस्तकालयमा लगाएको ताला आज खोलिएसँगै पुस्तकालय पुनः सञ्चालनको बाटो खुलेको हो।

पुस्तकालयको करिब ३ करोड रुपैयाँ भाडा बक्यौता रहेको भन्दै परिषद्ले यसअघि तालाबन्दी गरेको थियो। बक्यौता बाँकी रहे पनि पुस्तकालयको शैक्षिक तथा सामाजिक महत्त्वलाई ध्यानमा राख्दै ताला खोलिएको जनाइएको छ।

ADVERTISEMENT

पुस्तकालय प्रशासनका अनुसार अहिले आन्तरिक सरसफाइ, पुस्तक व्यवस्थापन तथा अन्य व्यवस्थापकीय काम भइरहेको छ। लामो समय बन्द रहेकाले यी कार्य सम्पन्न गर्न केही दिन लाग्ने भएकाले साउन २५ गतेदेखि मात्र पाठकका लागि नियमित सेवा सुरु गरिनेछ।

ADVERTISEMENT

व्यवस्थापकीय तयारी पूरा भएपछि पुस्तकालयले पुनः नियमित रूपमा पाठकलाई सेवा प्रदान गर्ने जनाएको छ।