साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.२० अंकले घटेर २६८४.३३ बिन्दुमा झरेको छ।
१३ मध्ये ८ उपसमूहको परिसूचक बढेको छ। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो भने बाँकी उपसमूहहरुको परिसूचक सामान्य घटेको हो।
नेप्सेमा ११७ कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको मूल्य घटेको छ। आज ३४९ कम्पनीको एक करोड १४ लाख तीन हजार ६ सय १ कित्ता सेयर ६३ हजार ३ सय १३ पटक किनबेच हुँदा चार अर्ब ५४ करोड ७७ लाख ९५ हजार ८ सय ८७ रूपैयाँको कारोबार भएको छ।
सबैभन्दा धेरै रिलायन्स स्पिनिङ मिलस लिमिटेडको २७ करोड ६२ लाख ८७ हजार रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। रिडी पावर कम्पनीको करिब २१ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम १९ करोड रुपैयाँ नाघेको छ।
आज एभरेस्ट कलर लिमिटेडको सेयर १५ प्रतिशत बढेको छ। सो कम्पनीको सेयरमूल्य १९६ रुपैयाँ ३० पैसा बढेर १ हजार ५०५ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी बढेको छ भने महुली लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ।




