काठमाडौं । सेयर बजार घट्नेक्रम आइतबार पनि रोकिएन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६३.७३ अंकले घट्दै २८५८.९० बिन्दुमा कायम भएको छ ।

अघिल्लो कारोबार दिन बिहीबार नेप्से ३१.५० अंक र बुधबार ४७.९३ अंकले घटेको थियो । तीन दिनमै १४४ अंकले नेप्से परिसूचक घटेको छ ।

मंगलबार ३०.७६ अंकले बढेर नेप्से ३००२ बिन्दुमा पुगेको थियो । जुन चार वर्षयताकै उच्च हो । तर त्यसयता भने निरन्तर घटिरहेको छ ।

ADVERTISEMENT

आइतबार ३१९ कम्पनीका तीन करोड २२ लाख कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत बिहीबार नेप्सेमा १५ अर्ब ३६ करोड रुपैयाँ बराबरको काराबोर भएको थियो ।

ADVERTISEMENT

आइतबार कारोबारमा आएकामध्ये १६ कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको घटेको छ । आज ट्रेड टावर र शिवश्री हाइड्रोपावरको सेयरमा १० अंकको सर्किट लागेको छ ।

ADVERTISEMENT

आइतबार सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सको ७५ करोडको कारोबार भएको छ । त्यसपछि हिमालयन रिइन्स्योरेन्स ७१ करोड, हिमालयन डिस्टिलरीको ५८ करोड, शिवम् सिमेन्ट ५५ करोड र न्याग्दी ग्रुप पावरको ४८ करोडको कारोबार भएको छ ।