काठमाडौं । गृह मन्त्रालयले सिरहाका गणेश यादवको मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।

गृहमन्त्री सुदन गुरुङ काठमाडौं फर्किएलगत्तै मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव पुष्पराज शाहीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।

ADVERTISEMENT

गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्यालका अनुसार समितिको सदस्य सचिवको जिम्मेवारी अर्याल स्वयंले सम्हाल्नेछन्। समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सदस्यका रूपमा रहेका छन्।

समितिले सिरहामा गणेश यादवको मृत्यु भएको घटनाबारे निष्पक्ष अध्ययन तथा अनुसन्धान गरी सत्यतथ्यसहितको प्रतिवेदन गृह मन्त्रालयसमक्ष पेस गर्ने जिम्मेवारी पाएको छ।

ADVERTISEMENT