सिराहा । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङविरुद्ध सिराहामा गोली लागेर मृत्यु भएका गणेश यादवका आफन्त र छिमेकीले विरोध प्रदर्शन गरेका छन् ।
सुनसरी घटनलाइ लिएर सिरहाको गोलबजारमा भएको प्रदर्शनको क्रममा मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको परिवारलाई गृहमन्त्रीले भेट्दै छन् । यो खबर थाहा पाएपछि स्थानीयले त्यहाँको बनिनिया चोकमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले मृतकले न्याय नपाउन्जेल गृहमन्त्रीलाई प्रवेश निषेध गर्ने बताएका छन् । हातमा प्लेकार्ड बोकेर बालेन सरकार र गृहमन्त्रीविरुद्ध उनीहरुले नाराबाजी गरेका छन् । गोली प्रहार हुँदा १५ वर्षीय बालकको मृत्यु भएकोमा स्थानीय आक्रोशित छन् ।






