सिराहा । सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको शव गाउँ पुर्‍याइएको छ ।

अस्पतालमा पोष्टमार्टमपछि शनिबार साँझ साढे ६ बजे हेलिकप्टरमार्फत उनको शव औरही गाउँपालिका–२ तुलसियाही गाउँमा ल्याइएको हो ।

ADVERTISEMENT

शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याएर एम्बुलेन्समा परिवारले घर लगेका छन् ।

घरमा हिन्दु परम्पराअनुसार दाहसंस्कारपूर्वका विधि पूरा गरेपछि शवलाई गागन खोलाको किनारमा अन्तिम संस्कारका लागि लैजाने तयारी छ ।

ADVERTISEMENT

बिहीबार गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गणेशको मृत्यु भएको थियो । घटनापछि शुक्रबार राति गृहमन्त्री सुदन गुरुङ मृतकको घर तुलसियाही पुगेर परिवारसँग ८ बुँदे सहमति गरेका छन् ।